12226302_933288766706604_1507495117_n
२१ कात्तिक इनरुवा /
सावित्री गोपाल स्मृति ट्रस्ट इनरुवा सुनसरीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
साहित्य र समाज सेवाका क्षेत्रमा काम गर्दै आएको ट्रस्टले आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको ट्रस्कका संस्थापक रोशन भट्राईले जानकारी दिनुभयो । रक्तदानमा नेपाली सेनाका साथै स्थानीय युवाहरुले सहभागिता जनाएका थिए । पछिल्ला केहि वर्ष यता सावित्री गोपाल ट्रस्टले साहित्य सर्जकहरुको सम्मानका अलावा, निशुल्क स्वास्थ्य शिविर, असहाय र अशक्तहरुका लागि आर्थिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया