titanic and locker key inaruwaonline

१० कात्तिक, एजेन्सी । एक सय चार वर्षअघि एटलांटिक महासागरमा डुबेको टाइटानिक जहाजको लाइफ ज्याकेट लकरको एउटा साँचो १ करोड १२ लाख रुपैयाँमा (७० लाख डलर) बिक्री भएको छ । यो साँचो जहाजको तेश्रो श्रेणीका कर्मचारी सिड्नी सेडुनेरीको थियो जसको जहाज डुब्दा मृत्यु भएको थियो ।

‘लकर १४ एफ डेक’ को यो साँचो २३ वर्षी सिडनीको शव बरामद भएपछि उनकी पत्नीलाई दिइएको थियो । लिलामीकर्ता एन्ड्रूज एंल्ड्रिजले यो साँचो करिव ५० लाख (डलर)मा बिक्ने अनुमान लगाएका थिए । उनले भने ‘ यत्रो रकममा बिक्नु साँचोको विशेषता हो ।’ यो साँचोको लिलामी गएका वर्षहरूमा टाइटानिकलाई सम्झाउने अन्य कतिपय वस्तुहरूको लिलामीमध्ये सबैभन्दा ठूलो भएको बताइएको छ ।

 यो लिलामीमा जहाजका प्रमुख अधिकृत हेनरी विल्डेको पत्रहरूको संग्रह पाँच लाख पाउण्डमा विक्री भएको थियो । डेविनेसमा भएको लिलामी कार्यक्रममा साँचोसमेत जहाजको सम्झना गराउने २ सय बढी चिजको विक्री गरिएको थियो । गत वर्ष जहाज डुब्दा बचेको विस्कुटको मूल्य १५ हजार पाउण्ड लगाइएको थियो भने जहाजसंग जोडिएको एउटा फोटो २१ हजार पाउण्डमा लिलामी भएको थियो ।

यो फोटो त्यो हिमखण्डको थियो जसमा ठोक्किदा टाइटानिक दुर्घटना भई डुबेको थियो । यो फोटो त्यो हिमखण्डबाट जाँदै गरेको अर्को जहाजबाट लिइएको थियो । टाइनिक आफ्नो पहिलो यात्राकै दौरान एटलांटिक महासागर पार गर्दै गर्दा एक हिमखण्डमा ठोक्किएर डुबेको थियो । २ हजार २ सय यात्रु सवार यो जहाज डुब्दा १ हजार ५ सय १७ यात्रुको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया