inaruwa-sima-problem mapase karan2
इनरुवा कात्तिक ११/सुनसरीको दक्षिणी सीमावर्ती गाविसमा चोरीका घटना बढ्दै जानुमा मादक पदार्थ सेवन प्रमुख कारक  रहेको सरोकारवालाहरुले औल्याएका छन् ।भारतको विहारमा रक्सी सेवन तथा विक्रि वितरणमा प्रतिवन्ध लगाइएसँगै सीमावर्ती नेपाली वस्तीमा मापसेका लागि आउनेहरुको जमात बढ्दा सो क्षेत्रमा चोरी तथा लुटपाटका घटनामा वृद्धि देखिएको उनिहरुको ठम्याई छ ।

inaruwa-sima-problem mapase karan1
भारतसँग सीमा जोडिएका सुनसरीका दक्षिणी भेगका १० गाविसमा काम गर्दै आएको चन्द्रमुखी क्लब चिमडीले तयार पारेको प्रतिवेदनमा चोरी तथा लुटपाटका घटना बढ्दै जानुलाई मापसे सेवन प्रमुख कारक मानेको छ । क्लबले सुनसरीको दक्षिणी सीमावर्ती गाविसहरुमा सीमा सुरक्षामा स्थानीय समुदायको सवलिकरण परियोजना संचालनमा गर्दै आएको कार्यक्रम संयोजक गबनसिङ चौधरीले बताउनुभयो ।

inaruwa-sima-problem mapase karan
आज इनरुवामा आयोजित सरोकारवालावीच अन्र्तकृया कार्यक्रमकावीच सीमा क्षेत्रका समस्या र सर्वसाधारणले झेल्दै आएको त्रासदीको अवस्थाबारे जानकारी गराइएको थियो । सुरक्षा निकायका पदाधिकारी, दलका प्रतिनीधि सहित सरोकारवालाहरुको उपस्थितीमा सीमाक्षेत्रमा हुँदै आएको चौपाया चोरी, लुटपाटका साथै शान्ति सुब्यवस्था कायम गर्ने सवालमा सहकार्यको खाँचोमा जोड दिइएको थियो ।

तपाईको प्रतिक्रिया