kanchanpur-nagarpalika jaggapas
११ कर्तिक, राजकुमार पासवान सप्तरी । कञ्चनरुप नगरपालिकाको कार्यालय निमार्ण गर्न जग्गा उपलब्ध गराउने जग्गा धनीले २ वर्ष वितिसक्दा पनि जग्गा पास नगरेकोले करोडौं रकम फ्रिज भएको कारण जग्गाको लागि अर्को विकल्प खोज्नु पर्ने समाचार इनरुवा अनलाइनले प्रकाशित गरेपछि जग्गा धनी जग्गा पास गर्न तयार भएको छ ।

नगरपालिकाको कार्यालय भवन निमार्णका लागि दिने जग्गाको स्थलगत निरीक्षणपछि तत्काल जग्गा पास गर्ने सहमति भएको हो । विहीबार नगरपालिकाका कार्यकारी अधिकृत राम नारायण साहको नेतृत्वमा नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि,पत्रकार सहितको टोलीले स्थलगत निरीक्षण नगरपालिका भवन निमार्णका लागि जग्गा पास गर्ने सहमति गरेको थियो ।

स्थलगत निरीक्षणपछि नगरपालिकाका कार्यकारी अधिकृत राम नारायण साहको अध्यक्षतामा राजनीतिक दल र जग्गा दाताको सहभागितामा बसेको बैठकले भवन निमार्णका लागि दिने प्रस्तावित जग्गा वार्ड नं.४ को कित्ता नम्बर २५३ मध्येबाट बाटो छुने गरि सकभर पूर्वतर्फबाट ७ कठ्ठा नाप जाँच गरि बाटो सहित सार्वजनीकीकरण गरि रजिष्ट्री गर्न सर्वसहमति निर्णय गरेको छ । साथै बैठकले उक्त जग्गामा भवन निमार्ण अनिवार्यताका लागि बनाउने कागजको रोहबरमा नगरस्तरीय राजनीतिक दलका चार जना प्रतिनिधि रहने निर्णय गरेको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत रामनारायण साहका अनुसार राजनीतिक दलका चार जना प्रतिनिधिमा नेकपा एमालेका तर्फबाट भुवन बहादुर केसी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट कृष्णा प्रसाद साह, राप्रपा नेपालबाट नारायण बहादुर मिश्र र सघीय समाजबादी फोरमबाट रामेश्वर यादब रहेको बताउनु भयो ।kanchanpur-nagarpalika

कञ्चनपरु बेरियरमा नगरपालिकाको कार्यालय सरपेछि नगरपालिकाले ०७१ साल मंसिरमा कायार्लय भवनको लागि जग्गा उपलब्ध गराइदिन हनु सावर्जनिक सचूना जारी गरको थियो । उक्त सचूनाका अधारमा सुदामा साह सुडिको नाममा रहको साविक कञ्चनपरु ४ को कित्ता नम्बर २५३ मध्यबोट ७ कठा जग्गा दिन इज्छकु रहको निवदेन निजका छारो मनमाहेन साहले दर्ता गराएको थियो ।

उक्त निवदेनमा कार्यालय जान चन्द्रनहरको  बाटो प्रयोग गर्न सकिने भनी उल्लखे थियो । नगरपालिकाले चन्द्रनहरको बाटो भन्दा फरक बाटो दिनु पर्ने बताएपछि जग्गा धनीका छारो मनमाहेन साहले बाटाको लागि विभिन्न विकल्पहरु खाज्दै आएका थिए । पछिल्लो समय निवर्तमान गाविस अध्यक्ष तथा जग्गा दाताका दाजु रामनारायण साह संग मिलरे हनमुान खाद्य उद्यागेको दक्षिणतफर्बाट बाटो दिएर जग्गा पास गर्न दाजुभाइमा सहमति बनेपछि नगरपालिकाको भवन निमार्णको बाटो खुलकेो छ ।

नगरपालिकालाई समयमा जग्गा उपलब्ध नगराइएका कारण आर्थिक वर्ष ०७१-०७२ मा नगरपालिको १ करोड रकम फ्रिज भएको थियो । जग्गा पास नभएकै कारण स्थानीय विकास मन्त्रालयले आर्थिक वर्ष ०७२-०७३ मा कार्यालय निमार्णका लागि बजेट छुटयाएन । नगरपालिको आफनो कायार्लय नभएकाले भाडामा लिएको कार्यालयमा नगरपालिको सवारी साधन (टिपर,स्काइभटेर र सफेटी टयाकं) राख्न समेत कठिनाइ भइरहेको छ ।

नगरपालिका कायार्लय भवन निमार्ण गर्न मनमाहेन साह र उहाको दाजु रामनारायण साह तयार भएको छ । केहि दिनपछि जग्गा पास पनि हुन्छ । यद्यपी केही स्थानीयबासीहरुले बेरियरको विकासको गतिलाई लिएर अहिले प्रस्तावित जग्गा नगरपालिकाको लागि उप्युक्त नभएको तर्क गर्दै आइरहको छन्। एक स्थानीयले भने “एक्कै परिवारको प्राय विगहौं जग्गाको बीचमा नगरपालिका कायार्लय भवन निमार्ण भएपछि केहि व्यक्तिलाई व्यक्तिगत फाइर्दा हुन्छ ,तर विकास हदैन, बेरियर विकासको गतिबाट त्यो प्रष्ट हुन्छ ।”

तपाईको प्रतिक्रिया