इनरुवा कात्तिक ११ । सुनसरीको डुम्राहा गाविसकी तीन वर्षे बालिकामाथि बलात्कारको घटना बाहिर आएको छ । घरमा खेल्दै गरेकी बालिकामाथि छिमेकी १४ वर्षे बालकले जबरजस्ती गरेको आरोप लागेको छ ।

पीडित परिवारले बालिकामाथि करणीको आरोप सहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।
परिवारको उजुरीका आधारमा बालकलाई सुधार गृहमा राखी अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ । बालिकाका आफन्तले खेलिरेहकी बालिकालाई छिमेकी बालकले फकाएर कोठामा लगि बलात्कार गरेको आरोप लगाएका छन् ।

बालिका चिच्याएपछि घटनाबारे आफुहरुले थाहा पाएको पीडित बालिकाका आफन्तहरुको भनाई छ ।  घटना तीन दिन अघिको भएपनि गाउँमै मिलाउने प्रयास असफल भएपछि पीडित पक्ष न्यायको माग गर्दै प्रहरी समक्ष पुगेको बुझिन आएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया