११ कात्तिक, दिलिप साह राजविराज । किसानहरुलाई दिइने मुआब्जा सम्बन्धी भएको सम्झौताका बाबजुद हालसम्म पाँच हजार भन्दा बढी किसानहरु धानबाली मुआब्जाबाट बन्चित रहेका छन् । पूर्व–पश्चिम राजमार्ग सप्तरी र सुनसरीको सिमानामा अवस्थित कोशी ब्यारेज निर्माणको क्रममा सप्तरी, सुनसरी र सिरहा जिल्लाका किसानहरु मआब्जा पाएका छैनन् ।

सन १९९४ मा कोशी नदीको मुख्य वहाव (मेन स्ट्रिम) मा पर्ने नेपाली किसानहरुको जग्गाको धानबालीको मुआब्जा भारतले नेपाल सरकार मार्फत किसानहरुलाई उपलब्ध गराउने सम्झौताको हाल व्यसठी वर्ष वित्नै लाग्दा समेत पाँच हजार बढी किसानहरुले पाउन सकेका छैनन् ।

झण्डै सात वर्ष अघिबाट सम्झौता अनुसारको मुआब्जा प्राप्त गर्न कोशी पिडित उत्थान समाजले खोजिनीति थालेपछि सप्तरी, सिरहा र सुनसरी जिल्लाका गरी ७ हजार ६ सय ६३ विगहा ८ कट्टा २ धुर जग्गाको धानबाली मुआब्जा दिइनुपर्ने नेपाल–भारत सम्मिलित टोलीले निष्कर्ष निकालेको समेत वर्षाे वितिसकेको छ ।

कोशी ब्यारेज निर्माण तथा कोशी नदीको बहावलाई व्यवस्थित गर्ने क्रममा नेपाल सरकार र भारत सरकार बीच २०११ सालतिर रहेको जमिन्दारी प्रथाबाट प्राप्त रसिद संकलन गरी मालपोत कार्यालयबाट प्रमाणीकरण गरी लाइजिङ कार्यालय विराटनगरमा सम्पूर्ण कागजात बुझाइए पश्चात सो सम्बन्धमा भारतको सुपौल जिल्ला स्थित कोशी प्रोजेक्ट सितको समन्वय पश्चात सो सम्भव भएको कोशी पिडित उत्थान समाजका अध्यक्ष कासिम अन्सारीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया