Chares

१२ कात्तिक, दिलिप साह राजविराज । प्रहरीले दशैं तिहार र छठको समयमा सीमावर्ती क्षेत्रमा चेकजाँचको कार्यलाई तिव्रता दिने क्रममा लागु औषधि चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बल बेस क्याम्पबाट खटिएको टोलीले जिल्लाको मानराजा गाबिस वडा नं ५ मा दुई जना माथि शंका लागेपछि उनीहरुलाई रोकी चेकजाँच गर्न लाग्दा उक्त चरेश बरमाद गरेको हो ।

उनीहरुले पिठयुमा बोकेको झोललाई चेकजाँच गर्न लाग्दा तिनीहरुले झोला फाली सुरक्षाकर्मी समेतलाई हातपाट गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त झोलालाई चेकजाँच गर्दा शंकास्पद वस्तु फेला परेपछि जिल्ला प्रहरी कार्यालयमा सूचना दिएपछि कार्यालयबाट खटिएको अपराध अनुसन्धान टोलीले उक्त लागूऔषध चरेस जस्तो देखि पदार्थ करिब २५ के.जी बरमाद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया