इनरुवा कात्तिक १३ / थारु कल्याणकारिणी सभा बलाहाले तिहार तथा छठ पर्वको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बलाहा स्थित थारु टोलमा आयोजित रक्तदान कार्यक्रममा ५३ जना रक्तदाताहरुले रक्तदान गरेको सभाका इनरुवा अध्यक्ष मोही नारायण चौधरीले जानकारी दिनुभयो ।
रगतको अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष नरेन्द्र चौधरी सहित जिल्लास्थित दलका नेता तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।रक्तदान कार्यक्रममा थारु कल्याणकारी सभाका पूर्व अध्यक्ष नरेन्द्र चौधरी, राप्रपा नेपालका केन्द्रिय सदस्य गोपाल कोइराला, नेपाली काँग्रेसका सुनसरी सभापति राजिब कोइराला, सचिव केदार भण्डारी, नेकपा एमाले प्रदेश नम्वर १ का सदस्य खेमराज पोखरेल, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एसएन मेहता, आदीवादी जनजाती महासंघका विश्व थापा मगर लगायतले रक्तदान कार्यक्रममा बोलेका थिए ।
त्यसैगरी सावित्री गोपाल स्मृति ट्रस्ट सखुवागाछीले समेत आज रक्तदानको आयोजना गरेको छ । वार्षिक रुपमा विविध कार्यक्रम गर्दै आएको सावित्री गोपाल ट्रष्टले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रगत दान गरेको ट्रस्टका संयोजक रोशन भटराईले जानकारी दिनुभयो ।