neta bhim acharya uml inaruwa
इनरुवा कात्तिक १३ सुनसरी /नेकपा एमालेका सचिव भिम आचार्यले मधेश मामिलाका मुद्धा सिङ्गो मधेशी समूदायको नभएर राजेन्द्र महतोको एकल भएको बताउनु भएको छ । संविधान कार्यान्वयनका लागि उठेको संसोधनको आवाज मधेशी समूदायको नभई राजेन्द्र महतोको व्यक्तिगत स्वार्थ मात्र भएको आचार्यको भनाई छ ।

एमालेले तिहार तथा छठको अवसरमा सुनसरीको इनरुवामा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पाटी सचिव आचार्यले संविधानको संसोधन सवैको हीतमा हुने ग्यारेण्टी भए एमालेको समेत साथ र समर्थन रहने धारणा राख्नु भयो । व्यक्तिगत केही नेताको स्वार्थले मधेशी जनताको नभई तेस्रो पक्षले लाभ उठाउने भएकाले त्यसतर्फ एमाले सचेत रहेको आचार्यको भनाई थियो ।

तपाईको प्रतिक्रिया