इनरुवा कात्तिक १३ / नेपाली काँग्रेसका महामंत्री डा.शशांक कोइरालाले लोकमान सिङ कार्की विरुद्धको महाअभियोगबारे हतारको निर्णयले सरकार माथिनै दबाब सीर्जना गराउन सक्ने बताउनु भएको छ । अन्य दलले हतारमा ल्याएको महाअभियोगको प्र्रस्तावले सीर्जना गराउन सक्ने असरको पूर्वानूमान वेगर काँग्रेसले निर्णय नगर्ने वहाँको कोइरालाको भनाई छ ।

कुन दलले के भनो र के गर्दैछ भन्दापनि वास्तविकता के हो त्यो नबुझी नेपाली काँग्रेसले कुनैपनि निर्णय नगर्ने महामंत्री कोइरालाले स्पष्ट पार्नु भयो ।नेपाली काँग्रेस सुनसरीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कोइरालाले हचुवाको भरमा गरिएको निर्णय भन्दा पनि बुद्धिमत्ता पूर्वक वास्तविकताको छिनोफानो सहितको निर्णय मुलुकका लागि हीतकर हुने भएकाले काँग्रेस सोही गतिमा अघि बढेको कोइरालाको भनाई छ ।संविधानको कार्यान्वयनका लागि संसोधन अनिवार्य भएकाले असन्तुष्ट पक्षलाई समेत साथ लिएर अघि बढ्नुनै राष्ट्र हीत हुने कोइरालाको भनाई छ ।

तपाईको प्रतिक्रिया