१३ कात्तिक, दिलिप साह राजविराज। युवाहरुद्वारा थालिएको सरसफाई अभियानको नवौं हप्तामा बिभिन्न ठाउँमा सरसफाई गरेको छ । नवौं हप्ता अन्तर्गत युवाहरुले राजविराजको कंचनपुर रोड, खर्साल टोल र तेतरी गाछीमा सरसफाई गरेको छ । युवाहरुले कंचनपुर रोडमा सरसफाई गर्न जाँदा स्थानीयहरुले आफ्नै घर अगाडि फोहोर फ्याँक्ने गरेको, सडेगलेका खानेकुरा देखि, काम नलाग्ने कपडा, प्लाष्टिकका टुकडासम्मका फोहोर आफ्नै घर अगाडिको सडकमा फ्याँक्ने गरेको पाइएको युवा मूल समारोह समितिका रोशन यादवले जानकारी दिनुभयो ।

युवाहरुले सडकको दुबैतर्फ रहेको फोहोर संकलन गरेर आगो लगाई नष्ट गरेका छन् ।आगामी दिनमा फोहोर सडकमै नफ्याँक्न आग्रह गर्दै युवाहरुले फालेको पाइएमा सम्बन्धित घरधनीकै घरमा पुनः थुपारिदिने चेतावनी दिएका छन् ।यस्तै युवाहरुले राजविराजको खर्साल टोलमा पनि सरसफाई गरेका छन् । सडकको दुबैतिर रहेको फोहोरका साथै झारपात उखेलेर पूर्ण रुपमा सफाई गरेका छन् ।त्यस्तै तेतरी गाछीमा सामुदायिक सेवा केन्द्रले आयोजना गरेको सरसफाई कार्यक्रममा पनि युवाहरुले सहभागिता जनाउँदै सरसफाई गरेका छन् ।

तपाईको प्रतिक्रिया