१७ कार्तिक, इनरुवा। इनरुवा सडक खण्ड अन्तर्गत भोटेपुलमा माइक्रो र मोटरसाइकल आपसमा ठोकिदा दुई जनाको घटना स्थलमा ज्यान गएको छ।

बा ४ ख ५०७६ नं. को माइक्रो र माइक्रोको टक्करबाट को १ प ८३६३ नं. मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी ८ का अशोक यादव र १७ बर्षिया निशा यादव रहेका छन्।मृत्यु हुने दुबै जना मामा भाञ्जि हुन्।

प्रहरीका अनुसार माइक्रोले मोटरसाइकललाइ अोभरटेक गर्दा उक्त दुर्घटना भएको हो।

तपाईको प्रतिक्रिया