baburam-bhattarai1-500x350

काठमाडौं, २१ कार्तिक । पूर्वप्रधानमन्त्री तथा हालै मात्र एकीकृत माओवादी परित्याग गरेका डा. बाबुराम भट्टराई जनकपुर जाने भएका छन् ।उनी शनिबार दिउँसो जनकपुर जाने तयारीमा रहेका छन्।देशको वर्तमान अवस्था र नाकाबन्दीका कारण जनताले भोगिरहेको समस्याका बारेमा अवगत गराउँदै समस्या समाधानका लागि दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएपछि भट्टराई जनकपुर प्रस्थान गर्नेछन् ।उनले जनकपुरमा हुने कार्यक्रमलाई संबोधन गर्नेछन् ।संविधान जारी भएपछि डा. भट्टराईले यसअघि पनि एक चोटि जनकपुर भ्रमण गरिसकेका छन् । पार्टी परित्याग पछि जनकपुरबाटै मधेश भ्रमणको सुरुवात गरेका भट्टराईको त्यति बेला जनकपुरमा चर्को विरोध भएको थियो ।

तपाईको प्रतिक्रिया