bus

काठमाण्डु, २१ कात्तिक– बन्दको अवज्ञा गर्दै विराटनगरमा गत बुधबारदेखि सञ्चालन भएका सार्वजनिक यातायात इन्धन अभावका कारण पुनः रोकिएका छन् ।

बन्दकर्ताको चेतावनीका बावजुद विराटनगरबाट विराटचौक, इटहरी धरान,रंगेली लगायत गन्तव्यमा याताया सञ्चालन हुन थालेको थियो । स्थानीय प्रशासनले इन्धन उपलब्ध गराउने आश्वासन दिएपछि बस सञ्चालन सुरु गरे पनि हाल इन्धन अभाव भएपछि बस सञ्चालन हुन नसकेको हो ।

विराटनगरबाट काठमाण्डु, पोखरा लगायतका गन्तव्यमा पनि प्रहरी स्कर्टीङमा बसहरु सञ्चालन भइरहेका थिए । चालकले हेलमेट लगाएर बस चलाउदै आएका छन् । टिकट लिइसकेपछि बस नचलाएको भन्दै शुक्रबार साँझ यात्रु र यातायात मजदुरबीच विवादसमेत भएको थियो ।

इन्धन अभावका कारण विभिन्न गन्तव्यका बसहरु विराटनगरमै थन्किएपनि यात्रुहरुको बिचल्ली भएको छ । झन्डै तीन महिना पुग्न लागेको बन्दका कारण जीवन धान्न मुस्कील भएको भन्दै गत बिहीबार विराटनगरका यातायात व्यवसायीहरुले आन्दोलरत पक्षलाई समेत राखेर यातायात चलाउने उद्घोष गरेका थिए ।काठमाडौडुडेबाट

 

तपाईको प्रतिक्रिया