इनरुवा कात्तिक १८/युथ अफ इनरुवाले देउसी खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा खर्चने भएको छ । देउसी कार्यक्रम मार्फत संकलन भएको ४० हजार रकम विविध सामाजिक कार्यकालागि खर्चिने युथ अफ इनरुवाका अध्यक्ष सहयोगी मिथलेसले बताए ।
युथले इनरुवामा पहिलो पटक देउसीभैलो कार्यक्रम गरेको हो । जातीय पहिरनमा सजिएका युवायुवती सहितको टोलीले देउसी खेलेको थियो ।
युथ अफ इनरुवाका सल्लाहकार सरोज वराल नेतृत्वमा रहेको टोलीले जातीय पहिचान झल्कने नाँचगान सहित देउसी खेलेको थियो ।संस्कृतिको जर्गेनाको उद्येश्य साथ जातीय पहिरनमा सजिएर युथले खेलेको देउसी इनरुवाकै लागि नमूना बनेको स्थानीयहरुको भनाई छ ।