uml chiyapan program bhokraha
कात्तिक १८ भोक्राहा/नेकपा एमाले भोक्राहाले बडादशै, दिपावली तथा छैठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । श्री निमावी भोक्राहामा आयोजित कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता, स्थानिय संघसंस्थाका प्रतिनीधिहरुका साथै नेकपा एमालेका केन्द्र तथा जिल्ला तहका नेताहरुको सहभागीता रहेको थियो ।

आपसी सदभाव र भाइचारा कायम राख्ने उद्येश्यसाथ कार्यक्रमको आयोजना गरिएको अजय कुसियैतले बताए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य जगदिश कुसियैत , महफुज अन्सारी, जिल्ला अध्यक्ष द्धारीकलाल चौधरी , सचिव नन्द बस्नेत , उपसचिव पर्शूराम यादव , प्रदेश सदस्य किरण कार्की लगायतले मन्तव्य राखेका थिए ।

uml chiyapan program bhokraha1

तपाईको प्रतिक्रिया