१८ कात्तिक,  दिलिप साह राजविराज । सप्तरीको बेलहीचपेना गाविसमा आगलागीमा परेर एक १२ वर्षीया बालिकाको ज्यान गएको छ ।
आगलागीमा परेर बेलहीचपेना गाविस–६ बस्ने शिवनारायण मण्डलकी १२ वर्षीया छोरी संगीता मण्डलको ज्यान गएको हो ।

मंगलबार साँझ ८ बजेतिर घरमा आगलागी हुँदा गम्भीर घाइते भएकी संगीताको उपचारका क्रममा राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

शिव नारायण मण्डलको घरमा बालेको टुकि बत्तीबाट आगो सल्किएर आगलागी भएको थियो । सो आगलागीमा मण्डलको टिनको छानो भएको एक तल्ले घर जलेर नष्ट भएको छ । घरमा रहेका भाडाबर्तन, अन्नपात, लत्ताकपडा समेत गरी रु. एक लाख १० हजारको क्षती भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया