12207950_964203540294240_1826302273_n

कात्तिक २१ इनरुवा/ सुनसरीको बबियामा आयोजित निःशुल्क आँखा शिविरमा ५ सय बढी सर्वसाधारणले स्वास्थ्योपचार गराएका छन् ।
भगवति मन्दिर व्यवस्थापन समिति बबियाले आयोजना गरेको आँखा शिविरमा सदरमुकाम इनरुवा सहित दक्षिणी भेगका सर्वसाधारणले आँखा परिक्षण गराएका थिए । रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगर तथा फ्रेड हलोज फाउण्डेसन तिल गंगा काठमाण्डौंको संयुक्त आयोजनामा संचालित शिविरमा जिल्लाका दक्षिणवर्ति गाविसका सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
लगातारको लामो बन्दका कारण स्वास्थ्य सेवा समेत प्रभावित बनेको अवस्थामा सर्वसाधारणको सहजताका लागि आँखा शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक विनोद खनालले बताउनुभयो । शिविरमा चेकजाँचका लागि पुग्ने सर्वसाधारणको उल्लेख्य भिड बढेपछि आयोजकले स्थानीय स्वयंसेवक र प्रहरीको सहयोगमा शिविर व्यवस्थापन गराएको थियो ।

तपाईको प्रतिक्रिया