?????

कात्तिक २१ लौकही /संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले अघि बढाउन लागेको भनिएको संविधान संसोधनको प्रकृया प्रति विश्वास गर्ने वातावरण बन्न नसकेको बताउनु भएको छ ।

सुनसरीको लौकही पुग्नु भएका यादवले प्रचण्ड नेतृत्वको सरकारले छैठ लगत्तै संविधान संसोधन प्रकृया अघि बढ्ने बताएपनि मधेशका मुद्धा सम्बोधन हुनेमा आफुहरु विश्वस्त नरहेको यादवको भनाई थियो ।सरकारले देखावटी प्रकृया स्वरुप संविधान संसोधनको प्रकृया अघि बढाउने संकेत देखापरेको तर्फ इन्गित गर्दै अध्यक्ष यादवले त्यसो भए आन्दोलनमा होमिनुको विकल्प नरहेको धारणा राख्नु भयो ।

अध्यक्ष यादव समाजवादी विद्यार्थी फोरम नेपाल जिल्ला कार्यसमिति सुनसरीले आयोजना गरेको म्याराथुन दौड तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि हुन लौकही पुग्नु भएको थियो ।

तपाईको प्रतिक्रिया