२२ कात्तिक , दिलिप साह राजविराज । (प्रतिनिथि तस्बिर) सप्तरी प्रहरीले भन्सार छलेर ल्याएको सामान बराबरद गरेर भन्सार कार्यालय बेल्हीमा बुझाएको छ ।
प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरीको टोलीले तिलाठी गाविस–८ स्थितबाट भन्सार छलेर भारततर्फ लादै गरेको पायल छाप सुर्ती ३७ प्याकेट, रेडीमेड सुर्ती १३ प्याकेट, साईकल १ थान गरी १३ हजार बराबरको सामान बरामद गरेको थियो ।

सामानसहित सप्तरी सकरपुरा–८ बस्ने १९ बर्षिय शिबनन मुखियालाई समेत पक्राउ गरेको छ । त्यस्तैगरी तिलाठी गाविस–९ मा भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको सुनचाँदीका गहना, निर्माण गर्न प्रयोग गरिने मेसिन, सुन जोख्ने काँटा, सुन सफा गर्ने ब्रस, केमिकल, बिभिन्न औठी बनाउन प्रयोग गरिने बिभिन्न मोडल, गहना सजाउने आलमारी सहित अन्दाजी रु. ४८ हजार बराबरको सामान बरामद गरेर तिलाठी स्थित बेल्ही भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया