inaruwa police office

इनरुवा कात्तिक २३ सुनसरी /सुनसरीको इनरुवाबाट शंकास्पद अवस्थामा ६ जना विदेशी नागरिक पक्राउ परेका छन् । इनरुवा ६ स्थित रहेको जमजम होटल एण्ड लजबाट प्रहरीले ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । सुराकीका आधारमा होटल घेरा हाली सर्च गर्ने क्रममा २ जना भने प्रहरीलाई छक्याएर  भाग्न सफल भएका थिए । प्रहरीले पक्राउ परेकाहरु बङ्गलादेशी नागरिक हुन सक्ने प्रहरीको अनुमान छ ।

पक्राउ परेकाहरु मध्ये दुई जनाका साथबाट जिल्ला प्रशासन कार्यालयबाट लिइएको किर्ते नागरिकता समेत फेला परेको छ । हायात मिया भनिने आशान मिया र समशेर भनिने सिजारोल मल्लिकलाई सुनसरी प्रहरीले किर्ते नागरिकता मुद्धामा कार्वाही अघि बढाएको छ ।

संदिग्ध अवस्थामा ६ जना पक्राउ परेको स्विकारे पनि घटनाबारे सुनसरी प्रहरीले विस्तृत विवरण खुलाउन चाहेको छैन् । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान जारी रहेकाले तत्काल सबै कुरा बताउन नसकिने सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताउनुभएको छ । पक्राउ परेकाहरुको भाषिक समस्याका कारण प्रहरीलाई अनुसन्धान अघि बढाउन समस्या भएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया