sandhigda bideshi nagrik bangaladeshi pakrau inaruwa
कात्तिक २३ सुनसरी /सुनसरी प्रहरीले दुईजना बङ्गलादेशी नागरिकलाई नक्कली नेपाली नागरिकता सहित सार्वजनिक गरेको छ । इनरुवा ६ स्थित रहेको जमजम होटल एण्ड लजबाट पक्राउ परेका ६ जना बङ्गलादेशी मध्ये किर्ते गरी नेपाली नागरिकता लिएको भेटिएका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

हायात मिया भनिने आशान मिया र समशेर भनिने सिजारोल मल्लिकलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । उनिहरु विरुद्ध सुनसरी प्रहरीले किर्ते नागरिकतामा मुद्धा चलाएको छ । आशान र सिजारोल सँगै पक्राउ परेका अन्य चारजना बङ्गलादेशी नागरिकको भने प्रहरीले पहिचान खुलाएको छैन् ।

शंकास्पद अवस्थामा विदेशी नागरिक पक्राउ परेकाले उनिहरुबारे सुक्ष्म अनुसन्धान अघि बढाइएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया