एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको लोस एन्जलीज सहरमा गोली चल्दा दुई जनाको मृत्यृ भएको छ। दुई जना घाइते भएका छन्। सहरको अजुसा भन्ने स्थानमा स्थानीय समय अनुसार २ बजेर ५ मिनेटमा एक बन्धुकधारीले गोली चलाएको हो।

घटनापछि त्यो क्षेत्रमा रहेका स्कुलहरु बन्द गरिएका छन् भने दुईवटा केन्द्रहरुमा मतदान स्थगन गरिएको थियो।मारिने मध्ये एक आक्रमणकारी र अर्का एक सर्वसाधरण रहेका छन्। घाइते भएका दुई व्यक्तिलाई अस्पताल लगिएको छ।

तपाईको प्रतिक्रिया