shekhar koirala congress
अमर काफ्ले सुनसरी /नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले काँग्रेस सभापति शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा तिब्बती धार्मिक नेता दलाई लामाका प्रतिनिधिसँग भेटेको विषयलाई ठिक नभएको भनि टिप्पणी गर्नु भएको छ । भोक्राहा काग्रेसले आयोजना गरेको गाँउ भेला तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले देउवाजीले गरेको कुरा अत्यन्तै संबेदनशिल विषय भएको बताउनु भएको छ ।

कोइरालाले दलाई लामाको प्रतिनिधिसँग भेट्नु चीनकोलागि अत्यन्तै संबेदनशिल विषय भएको भन्दै यसले नेपाल र चीनबिचको सम्बन्धमा गंभिर असर पार्ने कोइरालाले आशंका व्यक्त गर्नुभयो ।

एक अर्को प्रशंगमा कोइरालाले महाअभियोगको प्रस्ताव दर्ता गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निलम्बित प्रमुख आयूक्त लोकमान सिंह कार्की पदमुक्त हुने विश्वास ब्यक्त गर्दै यो प्रकरणमा काग्रेसको चिन्ता भनेको एमाले र माओवादीले काग्रेसलाई किन बाईपास गरे भन्ने मात्र भएको बताउनु भयो । काग्रेसलाई लोकमानका विरुद्ध दवाव रहेको उल्लेख गर्दै उनले आफू महाअभियोगकै पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया