कात्तिक २५ इनरुवा /नेपाल लोकतान्त्रिक थारु संघ सुनसरीको तेस्रो जिल्ला सम्मेलनले शंकरलाल चौधरीको अध्यक्षयतामा २३ सदस्यीय कार्य समिति चयन गरेको छ । नयाँ कार्य समितिको अध्यक्षमा शंकरलाल चौधरी निर्वाचित हुँदा उपाध्यक्षमा दुखीलाल चौधरी चुनिएका छन् । जिल्ला कार्य समिति सचिवमा हेमनारायण चौधरी, सहसचिवमा भिकन चौधरी र कोषाध्यक्षमा हरिनारायण चौधरी छानिएका छन् ।

त्यसैगरी सदस्यहरुमा सत्यनारायण चौधरी, गिरिधर चौधरी, शिवनारायण चौधरी र अशोक चौधरी,जिराकुमारी चौधरी, रामसेवक,मिना, महेन्द्रप्रसाद,आशाराम,विनोद,छेदनीदेवी, विष्णुलाल , सोनियादेवी , भगवती, पुवरा, कैलाशपती, वेचन र भिखन चौधरी निर्वाचित भएको नेपाल लोकतान्त्रि थारु संघ सुनसरीले जनाएको छ । जिल्ला सम्मेलन बलदेव चौधरीको अध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल लोकतान्त्रिक थारु संघका महासचिव बलदेव चौधरी रहेका थिए ।

तपाईको प्रतिक्रिया