duhabi mandir udhghatan
दुहवी कात्तिक २६/सुनसरीको दुहवीमा स्थानीयको पहलमा आधुनिक प्रविधीको राधाकृष्ण मन्दिर निर्माण गरिने भएको छ । १ करोड ५० लाख बढी लागत अनुमान गरिएको मन्दिरको आज एक कार्यक्रमकावीच शिलान्यास गरिएको हो ।

मन्दिर निर्माण समितिका अध्यक्ष गोविन्द अग्रवालले बनाउन लागिएको नयाँ मन्दिरको शिलान्यास गर्नुभएको हो । २१ सदस्यीय निर्माण समिति बनाई दुहवीवासीले उक्त मन्दिर निर्माण कार्य अघि बढाउन लागेका हुन् । दाताहरुबाट सहयोग जुटाई मन्दिर निर्माण कार्य पुरा गरिने समितिले विश्वास लिएको छ ।

२०११ सालताका निर्माण गरिएको मन्दिर संरचना जिर्ण र पुरानो हुँदै गएपछि सोही हातामा नयाँ प्रविधि सहितको आधुनिक राधाकृष्णको मन्दिर निर्माण गर्न लागिएको सचिव राकेश मुन्द्रडाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया