petrol-pumps-l

इनरुवा कात्तिक २६। ट्याङकर चालकले ११ सुत्रिय माग राख्दै ढुवानीमा रोक लगाएपछि यतिवेला पूर्वमा इन्धन संकटको अवस्था सीर्जना भएको छ । चालकहरुले यसअघिदेखिका आफुहरुले उठाउँदै आएको सेवा सुविधा सहितको माग सुनुवाई नभएको भन्दै इन्धन ढुवानी गर्न नमानेपछि पम्पहरुमा इन्धन अभावको अवस्था सीर्जना भएको छ ।

सुनसरी सहित पूर्वी बजारका छिटपुट पम्पहरुमा डिजल र पेट्रोल उपलब्ध हुन छाडेको छ । इन्धन अभावका कारण इनरुवा सहित आसपाका पम्पहरुमा तेल भर्न भएका सवारीवालाहरु रित्तो हात फर्कने क्रम बढेको छ । शुक्रवार अवेरसम्ममा आयल निगमका प्रतीनिधी र ट्याङकर चालकवीच छलफल हुने भनिएपनि वार्ता निष्कर्शमा पुग्नेमा विश्वस्त हुने भने अवस्था देखिएको छैन् । इनरुवाका पम्प संचालकहरु शुक्रवार हुने भनिएको वार्ता निष्कर्शमा नपुगे थप केही दिन इन्धन अभावको अवस्था झेल्नु पर्ने अवस्था निम्तन सक्ने बताउँछन् ।

तपाईको प्रतिक्रिया