२८ कार्तिक, इनरुवा। विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको कारण आज विहानै देखि पूर्वको जनजीवन प्रभावित भएको छ । जनजिविका, राष्ट्रियता, भ्रष्टचार, कालो बजारी खाद्य सम्प्रभुता लगायतका माग राख्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज एक दिन नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दको कारण आज विहानै लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने गन्तब्यमा हिडेका सर्बसाधरणहरु बिचबाटो मै अलपत्र परेका छन् ।

बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म बन्दको आब्हान गरिएको युवा संगठनका केन्द्रिय सदस्य दिपक बिस्टले बताए । यसैवीच बन्द कर्ताले सुनसरीको श्रीपुरमा दुई वटा बसमा तोडफोड र धनकुटामा बन्द गराउदै हिडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको बिस्टले जानकारी दिए ।
बन्दमा हिंसात्मक गतिविधि हुन नदिनका लागि विहानै देखी सुनसरी लगायत पुर्बी जिल्लाहरुको चोक चोकमा प्रहरीहरु तैनाथ गरेपनि सडकमा भने बन्द कर्ताको अनुपस्थिती रहेको छ ।

बन्दको पुर्वसन्ध्यामा हिजो साझ देशै भरी राके जुलुस निकालिएको छ । बन्दका कारण पूर्वका सुनसरी,मोरङ झापा ,ताप्लेजुङ, पाँचथर, ईलाम, संखुवासभा, तेह्रथुम, धनकुटा र भोजपुरमा विहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेनन् । उद्योगधन्दा, कलकारखाना, बजार पसल र विद्यालय क्यम्पस पनि बन्द छन्।

तपाईको प्रतिक्रिया