nagariktaf

राजविराज, २१ कार्तिक । राजविराज नगरपालिका क्षेत्रभित्र किर्ते नेपाली नागरिकता बनाउन सक्रिय रहेको गिरोहका केही सदस्यलाई पक्राउ गरी प्रहरीले शनिवार सार्वजनिक गरेको छ ।

नक्कली नेपाली नागरिकता बनाउने गिरोह सक्रिय रहेको गोप्य सूचनाको आधारमा प्रहरीले केही दिन यता निरन्तर निगरानी र खोज तलास बढाएपछि सफलता हात पारेका हुन् ।

प्रहरी उपरिक्षक भिम प्रसाद ढकालका अनुसार जिल्ला प्रहरी कार्यालयबाट सादा पोषाकमा प्रहरी परिचालन गरी निरन्तर निगरानी गरिरहँदा शुक्रबार राजविराज ४ स्थित दिप साजन लजमा नागरिकता लिने र नागरिकता बनाउने व्यक्तिहरु बिच कुराकानी भइरहेको अवस्थामा सो गिरोहको छिन्नमस्ता ५ बस्ने बर्ष ५२ को वकील झा लगायत किर्ते नागरिकता बनाउने कार्यमा संलग्न ३ जना व्यक्तीहरु र नागरिकता लिने २ जनालाई किर्ते नेपाली नागरीकता बनाउन प्रयोग हुने कार्ड, जिल्ला प्रशासन कार्यालय सप्तरीको छाप, प्रशासकिय अधिकृतको छाप, रजिष्ट्रर लगायतका कागजात तथा सामाग्रीहरु सहित नागरिकता बनाउने कार्य गरिरहेको अवस्थामा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा कुशहा ९ का राजेन्द्र प्रसाद चौधरी, तिलाठी ३ का चादु चन्द मिश्रा, भारत घर भई हाल बुटबल १३ बस्ने संजिव मियाँ र बुटबल ३ बस्ने अकबर साह रहेका छन् ।

प्रारम्भिक अनुसन्धान अनुसार भारत घर भई हाल बुटवल बस्ने संजिव मियाँले यस भन्दा अगाडी २०७० साल तिर आफ्नो र भाई जमशेर मियाको नाममा प्रति व्यक्ती रु. ५० हजारका दरले नेपाली नागरिकता सोही गिरोहको माध्यमबाट बनाईसकेको खुल्न आएको र पुनः सोही गिरोहबाट नागरिकता बनाउन निज संजिव मियाको साथ लागि भारतिय नागरिक अकबर साह राजविराज आएको खुल्न आएको हो ।

अकबर साहको नागरिकता बनाउन रु. ६० हजारको कुरा भई रु. १५ हजार समेत वकिल झाले लिएको खुल्न आएको छ । यस्तै किर्ते नागरिकता तयार गर्ने गिरोहका प्रमुख व्यक्ती समेत पहिचान भईसकेको र निजलाई खोजतलास गरी पक्राउ गर्ने कार्य भईरहेको साथै किर्ते नागरिकता बनाउने व्यक्तीहरु र तिनिहरुको संजालको विषयमा थप अनुसन्धान भईरहेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढकालले बताए ।हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया