hati elephant aakraman sapatari

२९ कार्तिक, राजकुमार पासवान सप्तरी ।  कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको हात्ती र अर्नाको आक्रमणमा विगत ७ वर्षमा १० जनाको ज्यान गएको छ । वितेको ७ वर्षमा हात्तीको आक्रमणबाट ६ जना र अर्नाको आक्रमणबाट ४ जना गरि १० जनाको मृत्यु भएको कोशी टप्पु वन्य जन्तु आरक्ष कार्यालय कुशहा सुनसरीका वार्डेन श्यामकुमार साहले जानकारी गराउनु भएको छ ।

आरक्ष क्षेत्रका किसानहरु बाली क्षतिको रेकर्ड नभएपनि त्यो वार्षिक रुपमा करोडौको रहेको छ ।  आरक्ष क्षेत्रका सर्वसाधरण जनता आरक्षबाट आउने हात्ती,अर्ना,बदेल र भैसीबाट पीडित भइरहँदा यस क्षेत्रका जनप्रतिनीधि मौन बसेका छन् । चुनावका समयमा भोट माग्न आउँदा कोशी टप्पुको जमिन नै दर्ता गरिदिने सम्मको प्रलोभन दिएर भोट लिएका नेताहरु वर्षौ देखी दैनिक रुपमा हजारौं जनता पीडित हुँदा मौन बस्नुले कथनी र करणीमा आकाश र जमिनको फरक रहेको स्थानीयहरु भनाई रहेको छ ।

पछिल्लो पटक गत कार्तिक २५ गते सप्तरीको वैरवा गाविस ८ का ५५ बर्षीय अलाउद्दिन खाँको हात्ती आक्रमणबाट मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार गत बिहिवार राति ८ : ३० बजे आएको हात्तीले धान रुङ्गन गएका कृषक खाँलाई उनको खेतैमा मारेको बताएका छन् ।

मृतकका भतिजा मनोहर खाँले भने

“म लगायत स–परिवार रातीको खाना खाइ सकेर सुत्ने तयारीमा थियौं । तर त्यही बेला गाउँलेहरुले मान्छे मर्यो, मान्छे मर्यो भन्दैं हल्ला गरेको सुने पछि दौडिएर खेततिर गए, जब मृत्यु भएका ब्यक्तिलाई हेरे उहाँ त मेरो काका पो हुनुहुँदौरैछ ।”

मृतक खाँका पाँच छोराहरु फिरोज,गुल्जार ,अकबर,अनबर र अवास छन् भने एक छोरी रुक्सना छिन् । खाँको मृत्यु हुदाँ पाँचै भाई बिदेशमा भएको मृतकका भतिजा मनोहर खाँले बताए । बिहिवार खाँलाई मारेको सोही हात्ति शुत्रवार पनि आइ बैरवा ९ का नन्द यादव र हिरालाल यादवको घरमा क्षत्ति गर्नुका साथै एक बिघामा लगाएको तरकारी बाली समेत नष्ट गरेका स्थानीय जितेन्द्र साह बताए ।

कोशी टप्पु बन्यजन्तु आरक्ष सुनसरीले सात बर्षमा ६ जना हातीबाट मारिएको तथ्याङ्ग 

mritak dead name list hati atank saptari

स्थानीय जितेन्द्र साह बताए 

“हामी किसानहरु साहु सँग बिउ र मल उधारो ल्याउँछौं र धान रोप्छौं पछि धान थन्क्याए पछि ब्याज सहित साहुको ऋण तिर्नु पर्छ तर हात्तिहरु बर्षेनी आएर हाम्रो सबै धान नष्ट गरिदिन्छ ,कसरी तिर्नु हामीले साहुको ऋण ? कसरी पाल्नु बालबच्चा र श्रीमती ? के सरकारले मान्छे मार्दा मात्र पैसा दिने ? हाम्रो बर्षेनी बिघौं बिगाहा धान नष्ट भइरहेको छ खोइ हामीलाई क्षतिपूर्ति र राहत ? कसले लिने यत्रो क्षती को जिम्मेवारी ?”

कोशी टप्पु बन्यजन्तु आरक्ष सुनसरी वार्डेन श्याम कुमार साहले कोशी टप्पु बन्य जन्तु आरक्षलाई घेरा वेरा नगर्दा सम्म समस्या समाधान नहुने बताए ।

वार्डेन साहले भने

 “यहाँको जनताहरुलाई वार्डेनले नै ती जनावरलाई दु: ख दिन पठाई दिएजस्तो व्यवहार गर्छन् ।” खासमा यस क्षेत्रका सांसद तथा नेताहरुले चासो नदिदाँ आरक्षको समस्या ज्यूको त्यू छ ।”

तपाईको प्रतिक्रिया