Millati 20161114_1348191412
कात्तिक २९ गते इनरुवा /सुनसरीको नरसिंह १ इस्लामनगरमा निशुल्क आँखा तथा कान जाँच शिविरको आयोजना गरिएको छ ।
मुस्लिम ओरफनेज नेपालको आयोजनामा मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटीले निशुल्क आँखा तथा कान जाँच शिविरको आयोजना गरेको हो ।

Millati 20161114_1348191411

प्रत्येक महिनाजसो विभिन्न खाले कार्यक्रमको आयोजना गर्दै आएको वेलफेयर सोसाइटीले ग्रामिण क्षेत्रका सर्वसाधारणको सजह र सुलभ स्वास्थ्योपचारका उद्येश्य स्वरुप शिविरको आयोजना गरिएको जनाएको छ ।

Millati 20161114_1348191413
शिविरमा महिला तथा वृद्धवृद्धाहरुको उल्लेखनिय भिड रहेको थियो । शिविरमा ४ सय जनाले जाँच गराएको मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटीका महासचिव खुर्शिद आलमले बताए । नेपाल नेत्र ज्योति संघ बिराटनगरको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएका थियो । मोतिया विन्दु भएका ३० जनालाई थप उपचारका व्यवस्था मिलाइने मिल्लतका अध्यक्ष मौलाना फिरोज फलाहीले बताए ।

तपाईको प्रतिक्रिया