Aagjani२२ कार्तिक / मोरङ्गको हात्तिमुढा स्थित नहर चौकमा आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले शनिबार राती कुखुराको चारो बोकेर इटहरी तर्फ आउदै गरेको एक पिकअप भेनमा आगजनी गरी क्षती पुर्याएका छन ।

बिराटनगरको बासबारीबाट कुखुराको आवश्यक दाना तथा चारो बोकेर मोरङ्गकै बिराटचौकका लागि हिडेको को १ च ७९७३ नं को पिक अप भेनलाई मोरङ्गको हात्तिमुढामा मधेशी मोर्चाका कार्यकर्ताहरुले जबरजस्ती नियन्त्रणमा लिई आगजनी गरेका भेनका चालक सुवास खत्रीले बताए ।

सुनसरीको दुहबी स्थित दक्षिण पश्चिमी क्षेत्र मोरङ्गको हात्तिमुढा हुदै मनमोहन पोलिक्लिनिक भएर कोशीहरैचा नगरपालीका अन्तरगत मोरङ्गको बिराटचौक तर्फ आउदै गर्दा बाटो ढुकेर बसेका मोर्चाका कार्यकर्ताहरुले भेन संगसंगै आफुलाई समेत पेट्रोल छर्केर आगो लगाउन खोजेपछि भागेर ज्यान जोगाएको भेनका चालक खत्रीले बताए ।

यता मोर्चाका कार्यकर्ताहरुको आगजनी पछि भेन पूर्ण रपमा क्षतीग्रस्त बनेको छ । आगजनीका कारण ६० बोरा कुखुराको दाना सहित भेन नष्ट हुदा करीब ६० लाखको क्षती भएको दाना ब्यवसायी पदमप्रसाद पाण्डेले बताए । घटना बारे प्रहरीमा जानकारी आइसकेकोले आगजनी गर्ने समुहको खोजी कार्य थालीएको मोरङ्ग स्थित प्रहरी चौकी नेमुवाले जनाएको छ । पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया