bharu paisa-nude-india-ic

एजेन्सी । भारतमा ५ सय र हजारका भारुमा प्रतिबन्द लागेसँग पैसा साट्नका लागी घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । आम जनताहरु लाइनमा बस्दा बस्दा हैरान  छन् । यसैबिच दिल्लीको मयुर विहार फेज–३ मा बैंकमा पैसा साट्न लाइनमा बसेकी एक युवतीले पनि भारु साट्न लाइलमा कुर्दा कुर्दा हैरान परेपछि कपडा नै उतारेर बिरोध गरेकी छिन् । यो घटना आइतबारको हो ।

लाइनमा बस्दा बस्दा आजित बनेपछि उनले केही मेसो नपाएर बिरोध स्वरुप त्यस्तो हर्कत देखाएको प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै भारतिय मिडियाले जनाएको छ । निक्कै तनावमा देखिएकि ति युवतीको उक्त हर्कतपछि प्रहरीलले उनलाई बैंक भित्र लगेर सम्झाएपछि १० मिनेटभित्र उनको सबै पैसा बैंकले साटिदियो । यस विषयले अहिले सामाजिक संजालमा राम्रो स्थान पाएको छ । ओएस नेपाल

तपाईको प्रतिक्रिया