३० कार्तिक,  रोशन पोखरेल विराटनगर। विराटनगरमा क्रियाशिल दृष्टी परिवर्तनशिल सञ्जालको आयोजनामा मंसिर ३ गते विशेष ओैपचारिक उद्धाटन कार्यक्रमको आयोजना गरिने संस्थाका अध्यक्ष सुरेन्द्र थापा ले जानकारी दिनुभयो ।

विराटनगरका कलेजमा अध्यययनरत विभिन्न कलेजका विध्यार्थीले बालबालिकाको लागी शिक्षा , कला, र सस्कृतिको क्षेत्रमा काम गर्ने उदेश्यका साथ सो संस्थाले विराटनगरको आरोहण गुरुकुलमा विशेष कार्यक्रम गर्ने भएको छ ।

सो संस्थाले आगामी समयमा बार्षिक रुपमा २ जना बालबालिकालाई शिक्षा व्यावस्था मिलाउने , बालबालिका भित्र प्रष्फुटन गर्नका लागी विभिन्न कार्यक्रम गर्ने , साथै असाहाय बालबालिकाको लागी उपचारमा सहयोग गर्नका लागी सहयोग गर्ने संस्थाको उदेश्य रहेको आज संस्थाका सचिव निदेश आचार्यद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया