ngo jbs sunsari kursi samiksha
कात्तिक ३० इनरुवा /सुनसरीमा कृयाशिल एनजियोहरु कार्वाहीको दायरामा तानिने भएका छन् । कार्यसम्पादन सन्तोषजनक नदेखिएको बारे बढ्दो जनगुनासोलाई मध्यनजर गर्दै जिल्ला विकास समितिले दलिय सहमतिमा अनुगमन सँगै कार्वाही अघि बढाउने भएको हो ।

जिल्ला विकास समिति सुनसरीले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा एनजियोका प्रतीनिधीहरुको उपस्थिती न्युन देखिएपछि बढ्दो दबाबकावीच जिविस सुनसरीले दलिय सहमति कायम गरी आवश्यक प्रकृया अघि बढाउन लागेको जनाएको हो । स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले कार्यसम्पादन बारे बढ्दो जनगुनासो र मनोमानी प्रवृति उपर आवश्यक प्रकृया अघि बढाउने बताउनुभयो । वाग्लेले सबै पक्षवीचको सहमति अनुरुप जिविस निर्णय प्रकृयामा अघि बढ्ने जनाउनु भयो ।

गत आर्थिक वर्ष २०७२।०७३ मा सुनसरीमा संचालित बिकासे कार्यक्रमबारेको समिक्षा कार्यक्रममा सहभागि सरोकारवालाहरुको उपस्थिती न्युन बनेपछि जिल्लास्थित राजनैतक दलहरु समेत सरोकारवाला प्रति रुष्ट देखिएका छन् । संघीय समाजवादी फोरम नेपाल सुनसरीका अध्यक्ष भगिरथ खत्वेले समेत एनजियोहरुले जिल्लामा संचालन गर्दै आएको योजनाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

अक्कलझुक्कल बाहेक कोही चोखो छैनन् सबै कमाई धन्धामा लागेको खत्वेको बुझाई छ । त्यसैगरी समिक्षा कार्यक्रममा सहभागिहरुको उपस्थिती न्यून हुनुलाई आयोजकको प्राविधिक कमीकमजोरी समेत हुन सक्ने बताएका नेपाली काँग्रेस सुनसरीका पाटी सचिव प्रमोद आचार्यले कार्यक्रममा एनजियोकर्मीहरुको उपस्थिती न्युन देखिनु लज्जाको विषय भएको बताउनुभयो ।

वार्षिक समिक्षा कार्यक्रममा भएगरेका प्रगति विवरण पेश गरी सबैपक्षको राय सुझाव संकलन गर्नुपर्नेमा कार्यक्रममै उपस्थिती नहुने र पालोमा मात्र टुपलुक्क आउदै, फरर पढेर बाहिरिने परिपाटीले जिल्लाको विकास निर्माणमा संघसंस्थाको जिम्मेवारी कत्तिको भन्नेमा प्रश्न खडा गरेको पोखरेलको भनाई छ ।

सुनसरीमा १ सय २० बढी संघसंस्थाहरु कृयाशिल रहेका छन् । संघसंस्था मार्फत स्थानीय तहमा संचालित अधिकांश योजना प्रभावकारी नरहेको सर्वसाधारणको बुझाई छ । प्रकृति पाटी प्यालेसमा आयोजना गरिएको वार्षिक समिक्षा कार्यक्रममा कुर्सीहरु खचाखच थिए । यद्यपी सहभागिको उपस्थिती अतिनै न्युन हुँखा खाली कुर्सीकाबीच जिविसको समिक्षाको प्रशंग हरकोहीमा चियोचर्चाको विषय बन्न पुगेको देखिन्थ्यो ।

तपाईको प्रतिक्रिया