३० कार्तिक, सिरहा । सिरहाको लहान नगरपालिका ग्रामीन चौकमा आज बिहान सवारी दुर्घटना हुदा दुई जना घाइते भएका छन् । ग्रामिन सडक खण्डको उतर देखि दक्षिण तर्फ तिब्र गतिमा आईरहेको ६०५९ नम्बरको मारुती सुजुकी कारले विपरित दिशाबाट उतर तर्फ गईरहेको बा २६ प ५१८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुई जना गम्भीर घाईते भएको छ।

कारले मोटरसाईकल लाई ठक्कर दिने क्रममा अनियन्त्रित भई पार्किङ्ग गरि रखिएको अर्को मोटरसाईकल स १ प ७८६२ नम्बरलाई घिसार्दै चौकमा अवस्थित अजय यादवको चिया पसलमा समेत क्षति हुनेगरी दुर्घटना भएको छ ।

घाइते हुनेमा मोटर साईकल चालक लहान नगरपालिका ५ बस्ने वर्ष ५० को बाल गोविन्द यादव र मोटरसाईकल पछाडी सवार जनकपुर ४ बस्ने वर्ष ४६ को मिथिलेश मण्डल रहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी राज कुमार केसीले जानकारी दिनुभएको छ।

घाइते दुवैको लहान स्थित सप्तऋषि अस्पतालमा उपचार भैरहेको छ। डिएसपी केसीका अनुसार घाइते एक जनाको काधमा चोट लागेको छ भने अर्कोको खुट्टामा चोट लागेको छ । घाइते दुवैकोअवस्था सामान्य रहेकोछ । ठक्कर दिने कार प्रहरीको नियन्त्रनमा रहेको र कार चालक फरार भएकोले खोजि कार्य भैरहेको डिएसपी केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया