१ मंसिर, काठमाडौं । सरकारी कर्मचारीले अब कार्यलय प्रयोजनको लागि नीजि इमेल प्रयोग गर्न नपाउने भएको छ । सरकारले निजामती कर्मचारीले कार्यलय प्रयोजनकाो लागि मात्रै भनेर छुट्टै इमेल प्रयोगमा ल्याउने तयारी गरेको हुँदा निजी इमेल प्रयोग गर्न नपाउने कार्यालयका प्रवक्ता दामोदर रेग्मीले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल सरकारको आधिकारिक वेबसाइट अर्न्तगत इमेल सेवा सञ्चालन गर्ने तयारी थालेको छ ।

 कार्यालयका प्रवक्ता दामोदर रेग्मीले उक्त बेवसाइट   nepal.gov.np  प्रयोगमा ल्याउन आवश्यक गृहकार्य भइरहेको छ । उनले मंसिर अन्त्यसम्ममा सवै कर्मचारीका लागि प्रयोगमा ल्याउने हाम्रो लक्ष्य भएको बताएका छन् । यसलाई सबै मन्त्राय हुँदै सरकारी कार्यालयहरुमा प्रयोगमा ल्याउने तयारीका साथ काम भइरहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया