२ मंसिर, इनरुवा। सुनसरीको जल्पापुरकी ३० वर्षिय तारा ऋषिदेव नहरको डिलमा मृत अवस्थामा फेला परेकी छिन् । दक्षिणवर्ति गाविस जल्पापुर ९ मा रहेको नहरको डिलमा ताराको लाश घोप्टो परेको अवस्थामा फेला परेको हो ।

दुई सन्तानकी आमा ३० वर्षिया ताराका श्रीमान वैदेशिक रोजगारको क्रममा नेपाल बाहिर छन् । घरनजिकै नहरमा मृत अवस्थामा भेटिएको लाशको प्रकृति हेर्दा शंकास्पद देखिएपछि सुनसरी प्रहरीले तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान थालेको छ । सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले घटना शंकास्पद देखिएकाले सो बारे अनुसन्धान अघि बढाइएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया