Reporter samman amar
मंसिर ४ इनरुवा /सुनसरी सदरमुकाम इनरुवाबाट पत्रकारिता गर्दै आएका संचारकर्मी अमर काफ्ले झुम्कामा आयोजित एक कार्यक्रमकावीच पुरस्कृत भएका छन् ।संचारकर्मी काफ्लेलाई रोजगारकालागि कतार पुगेका युवाद्धारा गठित सुनसरी सिर्जनशिल परिवार नेपालले नगद १० हजार सहित प्रशंशा पत्रले सम्मान गरेको हो ।

20161119_121914
समाचार प्रकाशन तथा प्रशारणका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै सिर्जनशिल परिवार सुनसरीले पहिलो साधारणसभाकावीच काफ्लेलाई सम्मान गरिएका हो । कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व सांसद धर्मराज निरौलाका साथै सिर्जनशिल परिवार सुनसरीका अध्यक्ष पुष्प कार्की, कतारका प्रथम उपाध्यक्ष विनोद कटवालले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो । काफ्ले इनरुवामा रहेर हिमालय टेलिभिजन, मकालु टेलिभिजन, उद्घोष दैनिक, इनरुवा अनलाइन डट कम लगायतमा कार्यरत छन् ।
20161119_123235
सिजर्नशिल परिवारले विद्यालयको पूर्वाधार निर्माण तथा भौतिक सुधारका साथै शैक्षिक सामाग्री वितरण र असहाय, गरिव तथा विपन्न परिवारकालागि आर्थिक सहयोग लगायतका कार्यक्रम संचालन गर्दै आएको छ । गतवर्ष विभिन्न ९ वटा विद्यालयको भौतिक पूर्वाधार सुधार लगायतमा आर्थिक सहयोग उपलब्ध गराएको सिर्जनशिल परिवारले यसवर्ष समेत पाँच वटा विद्यालयमा सोही किसिमको सहयोग हस्तान्तरण गरिसकेको छ ।

रेडक्रस भवन झुम्कामा आयोजना गरिएको साधारणसभाले कार्यसमिति चयन गर्ने कोषाध्यक्ष कैलाश कार्कीले जनाए । कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनीधि, समाजसेवी, सरोकारवालाका साथै सिर्जनशिल परिवारका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
सिर्जनशिल परिवारले रोजगारीका लागि कतार पुगेका युवाहरुबाट संकलन गरेको रकम नेपालका विभिन्न क्षेत्रमा आवश्यकता अनुरुपका सामाजिक कार्यमा खर्चने गरेको छ । कार्यक्रममा अध्यक्ष कार्कीले छिटै झुम्कामा एम्बुलेन्सको व्यवस्था समेत मिलाइने प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया