६ मसिर, सिरहा । सिरहाको मिरचैया नगरापालिका ५ बाट सोमबार किंग कोब्रा (राजगौमन) फेला परेको छ । विश्वको दुर्लभ प्रजातिमा पर्ने  किंग कोब्रा लाई उद्धार गरि धनुषाको धनुषाधाम आरक्षित वनमा राखिएको छ ।

उक्त सर्पको लम्बाई ८ फिट पाँच ईन्च र ८ किलो तौल रहेको मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले जानकारि दिनुभयो।

उनका अनुसार किंग कोब्रा अत्यन्तै विशालु एव खतरनाका सर्प हो । उनले हालसम्म पाँच सय विभिन्न प्रजातिका सर्पहरुलाई गाउँघरबाट उद्धार गरि सुरक्षित छाडिएको बताए । किंग कोब्रालाई धनुषाधाम आरक्षित वनमा सर्प गृह बनाई अवलोकनका लागि राखिने समेत उनको भनाई छ ।

तपाईको प्रतिक्रिया