rupani-attack-3

 

सप्तरी, २३ कार्तिक । मधेशी मोर्चा सप्तरीले आयोजना गरेको राजमार्ग केन्द्रित आन्दोलनको पहिलो दिन आइतबार राती ८ बजे प्रहरीद्वारा अन्धाधुन्ध लाठी प्रहार गरी दर्जनौं आन्दोलनकारीलाई घाइते बनाएका छन् भने सयौं आन्दोलनकारी घाइते भएका छन्। सप्तरीको भारदह र रुपनीमा अन्धाधुन्ध लाठी प्रहारबाट दुई दर्जन व्यक्तिको टाउको फुटेको छ । प्रहरीको आर्कमणबाट केदार यादव ,अशोलाल यादव लगाएत दर्जनों सशक्त घाइते भएकाहरुको अवस्था चिन्ता जनक रहेको जनाइएको छ । आईतबार राति ११ बजे प्रहरीले बल प्रयोग गरी बाटो खुलाउने प्रयास गर्दा शान्तीपुर्ण आन्दोलनमा बसेका आन्दोलनकारी माथि प्रहरीले आक्र्रमण गरेका थिए । प्रहरी र आन्दोलनकारी बीच झड्प हुँदा

rupani-attack-1

भारदहमा अश्रु ग्यास समेत प्रहार गरी आन्दोलनकारीलाई तितरबितर पारिएको छ ।त्यस्तै, प्रहरीले सप्तरी जिल्लाको मोर्चाका संयोजक शैलेन्द्र साह लगायत, पूर्व मंत्री मृगेन्द्र यादव , सदभावना पाट्टी का केन्द्रीय सदस्य दिपेन्द्र चौधरी ,युवा नेता दिनेश कुमार यादव, म विद्यार्थी मंच केन्द्रीय अध्यक्ष किशोर कुमार यादव ,३नं।क्षेत्रीय अ।लक्षमण यादव , विद्यार्थी मंच का के।सदस्य शम्भु यादव ,फोरम नेपाल का जि।अ।दिनेश यादव , ३नं।क्षेत्रीयअ।नवनित झा , मातृका माओवादी के।सदस्य महेश यादव ,बिद्रोही सत्यनारायण यादव ,उमेश प्रसाद साह ,फनिकान्त झा ,दयानन्द यादव ,विशेश्वर यादव ,नरेन्द्र यादव लगाएत ले रूपनीको प्रहरी हिरासतमा छ ।

rupani-attack-4

rupani-attack-2

तपाईको प्रतिक्रिया