लमही, १९ असोज– पार्टी त्यागेर देश दौडाहामा निस्केका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ राजनैतिक शक्ति बनाउन देशभर अभियानमा लागेको बताएका छन् । दांगको लमहीमा रिपोटर्स क्लब नेपाल दाङले आयोजना गरेको साक्षात्कारमा भट्टराईले नयाँ शक्तिको स्वरुप राजनैतिक संगठीत शक्ति हुने बताएका छन् ।भिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र ब्यक्तिहरुलाई संगठीत गरी नयाँ राजनैतिक दल वनाउने योजना रहेको खुलासा गरेका हुन् । भट्टराईले सम्वृद्ध नयाँ नेपाल निर्माण गर्ने चरणमा नयाँ ठंगले भूमिका निर्वाह गर्ने बताए ।संविधान सभाबाट संविधान वbaburam-dangनाउने र एउटा राजनैतिक परिवर्तनको प्रकृया पुरा गर्ने हाम्रो अभियान पुरा भएको छ, एक यूग समापन भएको छ’ उनले भने, ‘अब हामी आर्थिक विकास र सम्वृद्धि हुदै सम्मुन्नत नयाँ नेपाल निर्माण गर्ने नयाँ यूगमा प्रवेश गर्दैछौं ।’उनले आफूलाई कैलाली जानबाट कसैले रोक्न नसक्ने भन्दै जसरी भएपनि कैलालीका थारु समुदायसँग आफू भेट्न जाने बताए । उनले भने, ‘म स्वतन्त्र नागरिक हुँ । मलाई किन प्रतिवन्ध लगाइयो ? कैलालीमा म जसरी भएपनि पुग्छु सुरक्षा व्यवस्था गर्नु राज्यको दायित्व हो ।’एकीकृत नेकपा माओवादी र संसद सदस्यबाट राजीनामा दिएर मधेस र थारु आन्दोलनलाई समर्थन गर्न दौडामा निस्कीएका भट्टराईले थारुहरुले गरीरहेको आन्दोलन जायज रहेको समेत बताए ।

साभार : kathmandutoday

तपाईको प्रतिक्रिया