९ मंसिर, इनरुवा । नेपाल विद्युत् प्राधिकरण दुहबी ग्रिडले सुनसरी र मोरङ जिल्ला पछिल्लो समयमा लोडसेडिङ मुक्त भएको दावी गरेको छ । ग्रिड प्रमुख अफताव आलमले अहिले दैनिक ९० देखि सय मेगावाटसम्म विद्युत् आपूर्ति भइरहेकोले लोडसेडिङ नगरिएको जानकारी दिए ।

उनले जाडोयाममा सय मेगावाट विद्युत् आपूर्ति भए मोरङ–सुनसरी औद्योगिक क्षेत्र सहित धरान, विराटनगर, इटहरी, इनरुवा लगायतका सहरी क्षेत्र पनि दिगो रूपमा लोडसेडिङ मुक्त हुने बताए ।

आलमले केन्द्रीय निर्देशनअनुसार औद्योगिक क्षेत्रमा भने हरेक दिन अपरान्ह साढे चार बजेदेखि साँझ आठ बजेसम्म लोडसेडिङ भइरहेको जानकारी दिए । लोडसेडिङ घटेपछि उद्योग, अस्पताल तथा व्यापारिक प्रतिष्ठानहरूमा उत्पादन, व्यापार र सेवामा सुधार आउने व्यवसायीहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया