15218678_1229135653801026_865794151_n
इनरुवा मंसिर ९/सुनसरीको इनरुवामा दुई दिन सम्म चलेको सरोकारवालावीचको छलफलले बालहितका कार्यक्रमहरु प्रभावकारी बन्न नसक्नुमा आपसी समन्वयको अभाव प्रमुख कारक औल्याएका छन् ।

15218366_1229874390393819_2069614001_n
जिल्ला बाल कल्याण समिति सुनसरीले आयोजना गरेको बाल संरक्षणका सवालमा सरोकारवालाहरुवीच अन्र्तकृयाका सहभागिहरुले अधिकार र संरक्षणका क्षेत्रमा कार्यरत संघसंस्थावीच तालमेल हुन नसकेको निष्कर्श निकालेका हुन् । विगतका कमि कमजोरीलाई सुधार गरी बालअधिकारको पूर्ण प्रत्याभूति हुने गरी संरक्षणका क्षेत्रमा अघि बढ्ने कार्यक्रममा प्रतिवद्धता समेत जनाइएको छ ।

जिल्लालाई बालमैत्री बनाउने उद्येश्य अनुरुपको प्रयास थालनी गर्ने सन्दर्भमा समेत सरोकारवालाहरु एकमत देखिएका छन् । कार्यक्रम बालअधिकारका क्षेत्रका कार्यरत संघसंस्था का साथै सरकारी निकाय र अन्य सरोकारावलाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया