15239265_1229873843727207_1971824447_n 15209265_1229873813727210_41337794_n 15175445_1229873830393875_1987327270_n 15239265_1229873843727207_1971824447_n
इनरुवा मंसिर ९/सुनसरीमा भोलिबाट लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु हुने भएको छ । इनरुवामा लैगिंक हिंसा निवारण मूल समारोह समिति सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी अभियान बारे जानकारी गराएको हो । २७औं अन्तराष्ट्रिय लैगिंक हिंसा विरुद्ध दिवसको सन्दर्भमा पारेर मंसिर १० गतेबाट जिल्लामा १६ दिने सचेतना मूलक कार्यक्रम संचालन गर्न लागिएको हो ।
अभियानको थालनी भने हरिनगरा गाविसबाट गर्ने तयारी गरिएको छ । जिल्लास्तरीय  विशेष कार्यक्रम पश्चात अभियानलाई १६ दिन भिन्दा भिन्दै स्थानमा सचेतनामूलक कार्यक्रममा केन्द्रित गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अभियानका लागि सुनसरीमा महिला तथा बालबालिका कार्यालय सुनसरीकी अधिकृत शुशिला कार्कीको संयोजकत्वमा उप समिति गठन भएको छ ।
समितिमा रविन घिमिरे, शिवेन्द्र कर्ण, शावित्रा भट्टराई, सुनिता कार्की, जयकृष्ण यादव लगायत रहेका छन् । यस पटकको २६औं अन्तराष्ट्रिय लैगिंक हिंसा विरुद्धको दिवसको नारा भने ł घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासकालागि लैगिंक हिंसा रहित समाज’ भन्ने तय गरिएको छ ।

तपाईको प्रतिक्रिया