मोर्चाको रणनीतिक असफलता र शक्तिमा आएको कमजोरीका कारण मोर्चा विनासहमति संसद्मा आएको मधेसी विश्लेषकहरूको भनाइ छ ।
उनीहरूका अनुसार मोर्चाका नेताहरूमा राजनीतिक इमानदारी र स्थिरता कम देखिएको छ । त्यसमाथि पहिला दबाउने रणनीति अपनाएको सरकारले अहिले गलाउने रणनीति अख्तियार गरेको टिप्पणी पनि हुन थालेको छ ।
यी दुवै कारणले मोर्चा संसद्मा आउन बाध्य भएको विश्लेषण हुन थालेको छ ।तराई मधेसको राजनीति आवश्यकतामुखी आन्दोलन भएकाले त्यसमा इमानदारिता, निरन्तरता वा स्थिरता हुनुपर्नेमा मोर्चाका नेतामा त्यो नभएको मधेस विश्लेषक तुलानारायण साहको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
- रणनीति असफल
- नयाँ समीकरणको अभ्यास
- आन्दोलनप्रतिको वितृष्णा
- संसद् उपयोग रणनीति
- शक्ति कमजोर
- भारतको संकेत
- पार्टी फुटबाट जोगाउन
- मोर्चा्भित्रकै राजनीति