prem giri
इटहरी ९ मंसिर /सुनसरीको इटहरीमा सम्पन्न संघीय प्रेस फोरम नेपालको जिल्ला भेलाले १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । प्रेस फोरम सुनसरीको तदर्थ समिति विगठन गरी नयाँ समिति गठन गरिएको हो ।

प्रेस फोरम सुनसरीको अध्यक्षमा उद्घोष दैनिकका दुहवी संवाददाता प्रेम प्रसाद गिरी सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा प्रविन राई चयन हुँदा सचिव रिमेश श्रेष्ठ, सह–सचिव आरती चौधरी र कोषाध्यक्षमा प्रकृती रौनियार चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा पुरुषोत्तम पराजुली, मान्यता साह, मुना थापा, सौरभ विक., पुनम विक, जुली शंकर, अम्बिका दर्नाल, अनिषा भेटवाल रहेका छन् ।

तपाईको प्रतिक्रिया