Israel fire aago
इजरायल । इजरायलको तेस्रो ठुलो शहर हाइफामा भिषण आगलागी भएको छ | विहिबार बिहानको करिब ११ बजेदेखिबाट शुरु भएको आगलागी राती अबेर सम्म पनि नियन्त्रणमा आईसकेको छैन | दुई दिनबाट चलेको निरन्तर हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको हो |

आगो नियन्त्रण गर्न इजरायली अग्नि नियन्त्रकका साथै अन्य देशहरु, टर्की, जापान, इटाली, रुस लगाएतका देशहरुबाट फाएर फाइटर बिमानहरु निरन्तर आइरहेका छन् तर पनि नियन्त्रणमा ल्याउन सकेको छैन |

स्थानीय जंगलबाट सुरुभएको आगो बस्ती हुदै लगभग उक्त हाइफा शहर आधा आगोले छोपी सकेको छ भने करिब ७० हजार नागरिकहरु घर छोडेर बाहिर बसेका छन् साथै सरकारले सुरक्षित ठाउँमा स्थान्तरण गरेको छ | यो समाचार तयार पार्दा सम्म आगलागीबाट कुनै पनि मानविय क्षति भएको समाचार स्थानीय मिडियाहरुले बताएका छैनन् |

हाइफाका अलावा इजरायलका अन्य १२/१३ ठाउमा पनि आगलागी भएको छ, जतातै आगलागी भएकोले स्थानीय तथा बिदेशी कामदारहरु त्रासपूर्ण तवरले बस्नु परेको अवस्था छ | के कति कारणले आगलागी भएको यकिन जानकारी नभएपनि अरबीहरुले लगाएको आसंकामा केहि अरबीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मिडियाहरुले बताएका छन् |

Israel fire aago1

Israel fire aago2 Israel fire aago3 Israel fire aago4 Israel fire aago5

तपाईको प्रतिक्रिया