law kanun talim saptari
११ मंसिर, राजविराज, दिलिप  साह । नेपाल बारका अध्यक्ष शेर बहादुर केसीले मधेशको माग संशोधन हुने गरी मात्र संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाल बारद्वारा सप्तरीको राजविराजमा फौजदारी कानून सम्बन्धि कानून व्यवसायीहरुको क्षमता अभिबृद्धि तथा शसक्तिकरणका लागि आयोजित ५ दिने तालिमको शनिबार उदघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

संविधान संशोधनको लागि मात्र संशोधन नगरौं भन्दै समस्या समाधान हुने गरी सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले यसका लागि सबै दलहरु मिलेर राजनीतिक समस्याको समाधानको उपाय खोज्नुपर्ने बताउनुभयो ।नेपाल बारका सप्तरी अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा उहाँले हिमाल, पहाड र तराई सबैलाई जोडने गरी प्रदेश विभाजन गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो– सरकारको राम्रो कामको समर्थन गरौं र गलत कामको विरोध गर्नुपर्दछ ।

law kanun talim saptari1
जुन दिन देशमा राजनीतिक समस्या आउँछन् त्यो दिन बार फन्टमा रहन्छ भन्नुभयो– त्यसैले कानुन व्यवसायीहरु सर्तक अवस्थामा रहनुपर्दछ । सोही कार्यक्रममा बारका महासचिव खम्ब बहादुर खाँतीले संविधान आउनु आफैमा उपलब्धि नभएको भन्दै कार्यान्वयन नै महत्वपूर्ण रहेको बताउनुभयो ।

वर्तमान अवस्थामा संविधान संशोधन विना कार्यान्वयन हुन नसक्ने दावी गर्दै उहाँले भन्नुभयो– गलत राजनीतिक संस्कृतिका कारण सत्तामा हुँदा संविधान संशोधन गर्नुपर्छ र सत्ता बाहिर हुँदा संशोधन गर्नुहुँदैन प्रबृत्ति देखिएको छ । न्यायाधिश नियुक्तिमा गुणस्तरीयतामा कुनै प्रकारको सम्झौता नगर्ने भन्दै उहाँले योग्य दक्ष कानून व्यवसायीहरुबाट ५० प्रतिशत कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधिशमा नियुक्त गर्नुपर्ने बारको माग रहेको उहाँले बताउनुभयो । सो तालिममा ९ वटा बारका ३० जना कानून व्यवसायीहरु सहभागी रहेको बार ईकाई राजविराजका सचिव विमल प्रसाद साहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया