१२ मंसिर, नरेन्द्र बस्नेत बेलबारी । सरकारले संबिधान संसोधनको प्रस्ताव ल्याएसँगै संबिधान संशोधनको बिपक्षमा रहेको एमालेका नेताहरुले कार्यकर्ता भेटघाटलाई तिब्र बनाएका छन । प्रतिपक्षका रुपमा रहेको एमालले कार्यकर्ता भेटघाट तथा जनबर्गीय संगठनको अधिबेशन धमाधम गर्न थालेको छ ।

uml neta lalbabu pandit
एमालेका पोलिटब्यूरो सदस्य तथा पुर्ब सामान्य प्रशासनमन्त्री समेत रहेका लालबाबु पण्डीत आफनै गृह जिल्ला मोरङमा बसेर साना देखी ठुला कार्यक्रममा समेत सहभागी हुन थालेका छन । स्थानिय निकाय प्रदेश तथा केन्द्रको चुनावको हल्ला सँगै नेता पण्डीतले आफनो गृह जिल्लामा कार्यकर्ता भेटघाटलाई तिब्रता दिएका छन । मन्त्री हुदा समेत राम्रो काम गरेका पण्डीतले पछिल्लो समयमा कडा भाषण गर्न थालेका छन । माओवादी केन्द्र तथा काग्रेस भारतसँग मिलेको भन्दै कडारुपमा प्रस्तुत हुने गरेका छन । उनले छिमेकीको कुकुर डोर्याएर बाटोमा हिँडेझै भारतको ईशारामा नचल्न सरकारलाई चेतावनी दिदै आएका छन ।

uml neta bhim acharya
एमालेका सचिब भिम आर्चाय पनि प्रदेश नम्बर एकको ईन्चार्ज भएसँगै पुर्वतिर नै छन । उनी बिभिन्न जिल्लामा गएर कार्यकर्ता भेटघाटलाई तिब्र बनाउदै आएका छन । चुनावी माहौल बनाउन उनी पुर्बमा सक्रिय भएर लागेका छन । एमालेका केन्द्रिय सदस्य तथा सञ्चार मञ्त्री समेत भएका सेरधन राई पछिल्ला समय कार्यकर्तासँग लोक प्रिय बन्दै जान थालेका छन ।

uml neta ashok rai
ओली प्यानलका राम्रा नेता मानिएका उनी केहि समय यता कडारुपमा प्रस्तुत हुन छाडेका छन । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका अशोक राईले पार्टी परित्याग गरेपछि शेरधनलाई चिठठा नै परेको छ । एमालेका केन्द्रिय तहका नेताहरुले चुनाबी माहौल खडा गर्न थालेका छन । उनीहरुले कार्यकर्तालाई चुनावी माहौलमा लाग्न आदेश समेत दिन थालेका छन । मधेशका जनताको ईच्छा बिपरीत संबिधान संसोधन नहुने भन्दै उनिहरु लागी रहेका छन । एमाले नेताहरु यतिबेला कार्यकर्तालाई संबिधान संशोधन नुहनेमा ढुक्क पार्दै आईरहेको छन ।

तपाईको प्रतिक्रिया